स्वयम्भुनाथ Professional
Jan 31st, 2023 at 15:37 Blogs Kathmandu 167 views Reference: 645Location: Kathmandu
Price: Contact us
स्वयम्भुनाथलाइ स्वयम्भुमहाचैत्य पनि भन्ने गरेको पाइन्छ स्वयम्भुको अर्थ स्वयम स्थापना हुनु हो भने चैत्यको अर्थ भगवान् गौतम बुद्धको अन्तिम निशानि उनको शरीरको हाड, खरानी तथा अन्य वस्तुहरू राख्ने ठाउँ बुझिन्छ|स्वयम्भुनाथ स्तुपामा चार ताराहरू छन्:- लोचनी,मनार्की,पाण्डुरा र आर्य तारा| स्वयम्भु स्तुपाको वर्णन गर्नु पर्दा सेतो गुम्बाले सारा संसारलाई जनाउँछ र स्तुपाको चारै तर्फ रहेको आँखाले संसार हेरेको र मानवताको रक्षा गरिरहेको विश्वास गरिन्छ |ती दुई आँखा बिचको प्रस्न चिन्हले एकतालाई दर्शाउँछ| स्वयम्भुनाथ बौद्ध धर्मावलम्बीहरूको लागि मात्र नभएर अन्य धर्मावलम्बीहरूको लागि पनि उत्तिकै पवित्र र महत्वपुर्ण स्थान मानिन्छ| दुई हजार वर्ष पुरानो स्वयम्भुनाथ हाम्रो देशको मात्र नभएर विश्व सम्पदा हो| देश विदेशबाट प्रयटकहरू स्वयम्भुनाथ भ्रमणको लागि आउने गर्दछन्|